काठमाडौं । बैतडीमा झुण्डिएको अवस्थामा एक पुरुषको शव फेला परेको छ ।
बैतडी जिल्लाको डिलासैनी गाउँपालिका वडा नम्बर ६ कुयादह, सोराडीका हरिश सिंह माल गएराती आफनै घरमा झुण्डिएको अवस्थामा मृत फेला परेको जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ ।
माल गोकुलेश्वर स्थित एनएनवी लघुवित्त संस्थामा कार्यरत थिए । अहिले जिल्ला प्रहरी कार्यालय बैतडीबाट प्रहरी टोली घटनास्थलमा खटिएको प्रहरी स्रतले जनाएको छ ।