काठमाडौं । सुदूरपीश्चम प्रदेश सभाका सभामुख भीम भण्डारीका पर्सनल सेक्युरेटी अफिसर (पीएसओ)को सवारी दुर्घटनामा मृत्यु भएको छ ।
पीएसओ तथा नेपाल प्रहरीका स्ई योगेन्द्रबहादुर बोहोराको आज सवारी दुर्घटनामा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कैलालीका डीएसपी तथा प्रवक्ता कविन्द्र बोहोराले जनाएका छन् । बोहोराका अनुसार सई योगेन्द्र अत्तरियाबाट धनगढीतर्फ गइरहेका थिए सोही क्रममा उनले चलाएको सु. प्र-०१-००९ प ३४२९ नम्बरको स्कुटर बिजुलीको पोलमा ठोक्किएको थियो ।
दुर्घटनामा परेका योगेन्द्रबहादुरको सेती प्रादेशिक अस्पतालमा उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।