बुधवार, आश्विन १४ गते २०८३

मेलम्चीको पाइप फुटेर थापाथली क्षेत्र अस्तव्यस्त

मंगलवार , फाल्गुण २०, २०८१

काठमाडौं । काठमाडौंको थापाथली क्षेत्रमा मेलम्ची खानेपानी आयोजनाको पाइप फुटेर जम्मा भएको फोहोर सफा गर्ने काम सुरु भएको छ ।

आज बिहान सो क्षेत्रमा पाइप फुटेपछि सडक नै अवरुद्ध भएको थियो । त्यहाँ सडक पनि भत्किएको छ । सडक पेटीमा पनि क्षति पुगेको छ ।

थापाथली चोकबाट नर्भिक अस्पतालतर्फ मोडिने ठाउँमा फुटेको खानेपानीको पाइपका कारण ठूलो फोर्समा पानी बाहिर निस्किएको थियो । पाइप फुट्नुको कारण पत्ता लागिसकेको छैन ।

 

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार