बुधवार, आश्विन १४ गते २०८३

साँखुमा आश्रयस्थलको टहरामा टिपर पस्यो, सुतिरहेका ३ जनाको मृत्यु

शुक्रवार , फाल्गुण २३, २०८१

काठमाडौँ । शंखरापुर नगरपालिका–६, साँखुको सलम्बुटारस्थित सडकमुनि रहेको एक टहरामा टिपर पस्दा सुतिरहेका ३ जनाको मृत्यु भएको छ । टिपरले किच्दा २१ वर्षीय आकाश र सुमन तथा ४५ वर्षीय हरिजनको मृत्यु भएको हो । उनीहरूको थर र ठेगाना भने खुलिसकेको छैन ।

जस्तापाताले बनेको उक्त टहरामा द्वन्द्वपीडित तथा अपाङ्ग समाज संस्थाले बेसहारा बालबालिका र वृद्धवृद्धाहरूका लागि आश्रयस्थल सञ्चालन गर्दै आएको छ ।

साँखु-ब्रह्मखेल सडक खण्डअन्तर्गत शुक्रबार बिहान ३:१५ बजे सडकमा गुडिरहेको बा २ क ६५८० नम्बरको टिपर अनियन्त्रित भइ सडकमुनि रहेको उक्त टहरामा पसेको थियो । टिपरले किचेर घाइते भएका उनीहरूलाई उपचारका लागि नेपाल मेडिकल कलेज पुर्‍यायए पनि अस्पतालले मृत घोषणा गरेको थियो ।

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार