आइतवार, श्रावण २४ गते २०८३

'माग्ने राजा'का लागि ज्ञानेन्द्रको स्वागतमा भएको प्रदर्शनको भिडियो खिचियो

सोमवार , फाल्गुण २६, २०८१

काठमाडौा । आइतबार पोखराबाट काठमाडौं आएका पूर्वराजा ज्ञानेन्द्र शाहलाई स्वागत गर्न त्रिभुवन विमानस्थलको मुख्यद्वारमा राजावादी समर्थकहरूको भिडको दृश्य फिल्म माग्ने राजाको लागि खिचिएको छ ।

महाशिवरात्रिको दिनदेखि छायांकनमा गएको फिल्मको लागि राजावादी समर्थकहरूको प्रदर्शनको भिडियो खिचिएको हो । फिल्म निर्माण टिमाले पूर्वराजा शाहको दृश्य भने खिचेन । राष्ट्रिय झण्डा भिडमा देखाउने दृश्य आवश्यक भएकाले फिल्मको टिमले मौका छोपेको हो ।

सो काम गर्न सात वटा क्यामराको प्रयोग गरिएको थियो । ऋषि लामिछानेको निर्देशनमा रहेको फिल्ममा केदार घिमिरे, आर्यन सिग्देल, वर्षा सिवाकोटी, विल्सन विक्रम राई, शिशिर वाङ्गदेल, पुष्कर गुरुङ, मिस पबी लगायतको पनि अभिनय देख्न सकिनेछ । मुनाल घिमिरे निर्माता रहेको फिल्मलाई नरेन्द्र मैनालीले खिचेका छन् ।

 

प्रतिक्रिया
सम्बन्धित समाचार