आइतवार, श्रावण २४ गते २०८३

चिरञ्जीवी र समीपलाई ‘मायाको रोग' लागेपछि निरुताले यस्तोसम्म गरिन!

मंगलवार , श्रावण २६, २०७८

काठमाडौं। लोकप्रिय कलाकार एवम सञ्चारकर्मी चिरञ्जीवी सापकोटा (जीवी चिरन)को अभिनय रहेको ‘मायाको रोग’ बोलको गीत सार्वजनिक भएको छ। आहा टिभी मार्फत गीत सोमबार सार्वजनिक भएको हो।

गीतमा बादल थापाको स्वर रहेको छ। सापकोटाको शब्द तथा गायक तथा संगीतकार धुर्व विस्को संगीत रहेको गीतलाई नरेन्द्र वियोगीले एरेन्ज गरेका हुन्। भिडिायोमा सापकोटासहित समीप निरौला र निरुता शाहिको अभिनय रहेको छ।

एक्सनसहितको उक्त भिडियोलाई सिर्जशन बरालले निर्देशन गरेका हुन्। गीतमा दिपक गिरीको सिनेमाटोग्राफ रहेको छ। गीत सार्वजनिक भएको २४ घण्टा नपुग्दै करिव १५ हजार पटक हेरिएको छ। 

सापकोटा कलाकारितामा प्रवेश गरेको छोटो समयमा नै दर्शकमाझ लोकप्रिय बन्न सफल भएका छन्। ‘हेर यो मुटुमा चिरा पर्या छ’ बोलको गीतबाट औपचारिक कलाकारितामा होमिएका सापकोटाले थुप्रे चर्चित गीतहरुमा अभिनय गरिसकेका छन्। उनले ‘रेलको बाटो’ लगाएतका दर्जनौ गीतमा अभिनय गरेका छन्। 

यस्तै निरौला म्युजिक भिडियो र सर्ट फिल्ममा व्यस्त कलाकार हुन् । उनले प्रमोद खरेलको ‘तमाम ति सपनाहरु’, शिव परियारको, ‘विष पिउन के नै छ र’, सन्देश सुवेदीको ‘मिठो निन्द्रा’, सुमित खड्काको ‘धोका दिने तिमी’ जस्तालगायत दर्जन बढी म्युजिक भिडियोमा अभिनय गरिसकेका छन्। 

 

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार