काठमाडौं । छिमेकी मुलुक भारतमा एउटा अनौठो घटना भएको छ । बिहे समारोहबाटै बेहुला बेपत्ता भए बिहे गर्न आएका बेहुलानै वेपत्ता भएपछि अप्ठेरोमा परेकी बेहुलीले जन्ती आएका एकजना युवकसँगै बिहे गरेकी छिन् ।
घटना भारतको उत्तरप्रदेशस्थित महाराजपुरमा भएको हो । समाचार अनुसार उक्त बिहे समारोहमा स्वयंवरको कार्यक्रम सम्पन्न भैसकेर बिहेको बाँकी अनुष्ठान सुरु गर्ने तयारी भैरहेको थियो । तर एक्कासी बेहुला चाहीँ बिहेस्थलबाट बेपत्ता भए ।
बेहुला र बेहुली दुबै तर्फका परिवारजनले बेपत्ता बेहुलाको खोजी गरे । तर फेला पार्न सकेनन् । बेहुला के कारणले त्यहाँबाट भाग्यो भन्ने थाहा भएन ।
तर उनी बिहे नगर्ने सोँचले त्यहाँबाट भागेको ठहर गरियो । बिहेको मण्डपबाटै बेहुला भागेपछि बेहुली विचलित भइन् । दुबैतर्फका परिवारहरु के गर्ने ? के नगर्ने ? भन्ने अवस्थामा पुगे ।
त्यसपछि त्यहाँ उपस्थित जन्ती तथा बेहुली पक्षकाले समेत जन्ती आएकामध्ये उपयुक्त युवकसँग ती बेहुलीको बिहे गरिदिने निधो गरे । त्यसपछि जन्ती आएकामध्ये बिहेका लागि इच्छुक तथा उपयुक्त युवकको खोजी गरियो अनि दुबैतर्फका अभिभावकले छलफल गरे अनि बिहे गराइयो ।