सोमवार, आश्विन १९ गते २०८३

भोलि बुद्धिजीवीसँग छलफल गरेर १५ गते वृहत् जनसभा गर्ने समाजवादी मोर्चाको निर्णय

शुक्रवार , फाल्गुण ३०, २०८१

काठमाडौं । विपक्षी चार दलको समाजवादी मोर्चाले चैत १५ गते राजधानी काठमाडौंमा वृहत् जनसभाको आयोजना गर्ने भएको छ ।

आज बसेको समाजवादी मोर्चाको बैठकले १५ गतेको जनसभालाई वृहत् बनाउने निर्णय भएको बैठकमा सहभागी नेता खड्गबहादुर विश्वकर्मा प्रकाण्डले बताए ।

उनले भने, ‘१५ गतेको वृहत् प्रदर्शनलाई भव्य बनाउने । हजारौँको सहभागितालाई सुनिश्चित बनाउने निर्णय भएको छ । संसदवादी दलहरू र बाहिर रहेका दलहरूसँग छलफल गर्ने, गणतन्त्र रक्षाको कुरा समाजवादतिरको यात्रालाई सहज बनाउने र वातावरण बनाउन छलफल बनाउने भन्ने निर्णय गरिएको छ ।’

यस्तै, एकपछि अर्को गर्दै परिस्थिति गम्भीर बनेको निष्कर्ष निकाल्दै मोर्चाले प्रदर्शन अगाडि भोलि बिहान ११ बजेबाट बुद्धिजीवी र नागरिक समाजसँग अन्तरक्रिया, परामर्श गर्ने निर्णय पनि गरेको छ ।

दिउँसो साढे २ बजे पत्रकार सम्मेलन गर्ने उनले बताए ।

 

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार