२३औँ मिनेटमा एमबाप्पेले व्यक्तिगत दोस्रो गोल गर्दै रियललाई जित दिलाए। जितसँगै २८ खेलबाट ६० अंक बनाएको रियल शीर्ष स्थानमा छ। २६ खेलबाट ५७ अंक भएको बार्सिलोना दोस्रो स्थानमा छ।
रियलसँग पराजित भिल्लारियल २७ खेलबाट ४४ अंक जोड्दै पाचौँ स्थानमा छ। गएराति नै भएको अर्को खेलमा मालोर्काले स्प्यानोललई २–१ ले नै हराएको छ।
अर्को खेलमा सेल्टा भिगोले रियल भल्लाडोलिडलाई १–० ले हराउँदा जिरोना र भ्यालेन्सियाले १–१ को बराबरी गर्दै अंक बाँडे।