काठमाडौँ । युगाण्डामा जारी चार देशीय वुमन्स डे कप टी–२० क्रिकेट प्रतियोगितामा नेपालले आज हङकङको सामना गर्दै छ । नेपाल र हङकङबीच तेस्रो स्थानका लागि प्रतिस्पर्धा हुन लागेको हो ।
यो शृङ्खलामा नेपालले ६ खेल खेलेकोमा दुई जित निकालेको छ । शुक्रबार भएको लिगको अन्तिम खेलमा नेपालले हङकङलाई ६ विकेटले पराजित गरेको थियो भने एक खेलमा घरेलु टोली युगान्डालाई हराएको थियो ।
नेपालले आइतबार हङकङसँग तेस्रो स्थानको लागि खेल्न लागेको हो । खेल दिउँसो पौने १ बजे सुरु हुनेछ । फाइनलमा भने घरेलु टोली युगान्डा र नामिबियाबीच प्रतिस्पर्धा हुनेछ ।