मंगलवार, आश्विन १३ गते २०८३

आर्सनलसँगको हारले अप्ठेरोमा चेल्सी

सोमवार , चैत्र ३, २०८१

काठमाडौं । इङ्लिस प्रिमियर सीपको आइतबार राति भएको खेलमा आर्सनलले चेल्सीलाई १-० ले हराएको छ।

आर्सनललाई जित दिलाउने क्रममा मिकेल मेरनोले २० औँ मिनेटमा गोल गरे। जितपछि आर्सनलले अर्को सिजनको च्याम्पियन्स लिग खेल्ने सम्भावना अझ प्रबल छ। आर्सनलसँग चेल्सीको हारले शीर्ष चारमा पर्ने टोलीका लागि त्रिपक्षीय प्रतिस्पर्धा अझ रोचक बनेको छ।

शीर्ष स्थानको लिभरपुलका ७०, आर्सनलको ५८ तथा नटिङघम फरेस्टको ५४ अंक छ। चौथो स्थानको चेल्सीको ४९, म्यानचेस्टर सिटीको ४८, न्युक्यासल युनाइटेडे र ब्रिङटनको ४७ अंक छ। न्युक्यासलले एक खेल कम खेलेको छ।

गएराति नै भएको खेलमा फुलहामले लिसेस्टरलाई २-० तथा म्यानचेस्टर युनाइटेडले लिसेस्टर सिटीलाई ३-० ले हराएको छ।

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार