बुधवार, आश्विन १४ गते २०८३

काठमाडौंबाट हेटौडा जाँदै गरेको भारतीय नम्बर प्लेटको गाडी इन्द्रसरोवरमा दुर्घटना

सोमवार , चैत्र ३, २०८१

काठमाडौँ । मकवानपुरमा भारतीय नम्बर प्लेट भएको गाडी दुर्घटना हुँदा चार जना घाइते भएका छन्।

सोमबार बिहान मकवानपुरको इन्द्रसरोवर गाउँपालिका-३ धाराखोल्छास्थित दक्षिणकाली सडक खण्डमा भारतीय नम्बर प्लेट युपी ७० एनटी ६९१७ नम्बरको गाडी दुर्घटना भएको हो।

गाडी काठमाडौंबाट हेटौंडा जाँदै गरेको र ब्रेक फैल भएर बायाँ साइडमा ठोक्किएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रवक्ता डिएसपी श्यामु अर्यालले जानकारी दिए। भित्तामा ठोक्किएपछि गाडी सडकमै पल्टिएको थियो।

गाडिमा १७ जना सवार रहेको र त्यसमध्ये ४ जना घाइते भएको डिएसपी अर्यालले जानकारी दिए। घाइतेहरूमा उत्तरप्रदेशको रायबरेलीका ५५ वर्षीय  राजकरण तिवारी, ३८ को जितेन्द्र प्रताप सिंह, ४४ को अजय मिश्र र ३८ वर्षीय अभयप्रताप सिंह छन्।

 

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार