बुधवार, आश्विन १४ गते २०८३

अछाममा बिहानै ४.३ म्याग्निच्युडको भूकम्प

मंगलवार , चैत्र ४, २०८१

काठमाडौँ । आज बिहान अछाममा भूकम्प गएको छ। बिहान ६:३० बजेको समयमा अछामको बाटुलासेन केन्द्रविन्दु भएर भूकम्प गएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्र लैनचौरले जनाएको छ।

केन्द्रका अनुसार भूकम्पको तीव्रता ४.३ म्याग्निच्युड मापन भएको छ। भूकम्पले अछामका साथै आसपासका जिल्लामा पनि धक्का महसुस भएको थियो।

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार