काठमाडौँ । नेपाल प्रहरीका नवनियुक्त महानिरीक्षक (आईजीपी) दीपक थापालाई दर्ज्यानी चिन्ह प्रदान गरिएको छ ।
गृह मन्त्रालयमा आयोजित समारोहमा गृह सचिव गोकर्णमणि दुवाडीले थापालाई दर्ज्यानी चिन्ह प्रदान गरेका हुन् । प्रधानमन्त्री निवास बालुवाटारमा सोमबार बसेको मन्त्रिपरिषद् बैठकले थापालाई प्रहरीको ३१औं आईजीपी नियुक्त गरेको हो ।