सोमवार, आश्विन १९ गते २०८३

काठमाडौंका पाँच क्याम्पसमा अखिल क्रान्तिकारी विजयी

बुधवार , चैत्र ५, २०८१

काठमाडौं । काठमाडौंका पाँच क्याम्पसमा नेकपा (माओवादी केन्द्र) निकट अखिल (क्रान्तिकारी)ले स्ववियु अध्यक्ष जितेको छ।

मंगलबार भएको मतदानबाट बानेश्वर क्याम्पस, सानोठिमी क्याम्पस, जनप्रशासन क्याम्पस, काठमाडौं इन्जिनियरिङ क्याम्पस र जनकपुर इन्जिनियरिङ क्याम्पसमा क्रान्तिकारीले जितेको हो।

अखिल क्रान्तिकारीका केन्द्रीय महासचि रोशन थापा मगरका अनुसार बानेश्वरमा भूमिराज अधिकारी, सानोठिमीमा नरेन्द्र ठगुन्ना, जनप्रशासनमा अनिकेत तिवारी, काठमाडौं इन्जिनियरिङमा अपार पराजुली र जनपुर इन्जिनियरिङमा प्रकाश पुडासैनीले स्ववियु अध्यक्ष जितेका हुन्।

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार