काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले आफ्नो सम्वोधनमा नेताहरुलाई कटाक्ष गरेका छन् । त्यसक्रममा अेलीले नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डप्रति पनि कटाक्ष गरे । मंगलबार प्रतिनिधिसभाको बैठकमा बोल्दै ओलीले म आगो हुँ भनेर भन्नेहरुले एक-दुई बाल्टी पानीले निभाएको याद गर्न भन्दै कटाक्ष गरे ।
उनले प्रचण्डलाई भने, ’सत्ता परिवर्तन हुनेबित्तिकै सत्तापक्षका नेताहरुले भन्नुभयो । होसियार ! म आगो हुँ मसँग नखेल नत्र मलाई थाहा छ । उहाँहरुले देशमा लगाएको डढेलो मलाइ थाहा छ । तर, एकदुई बाल्टीले निभाएको याद गर्नुहोस् । त्यस्तो आगो निभाउन हामीलाई पनि आउँछ । यस्ता आगो निभाउन पानी खन्याउनु पर्छ, पानी ।’
प्रधानमन्त्री शेरबहादुर देउवाले विश्वासको मत लिने बेलामा बोल्दै प्रचण्डले ओलीलाई आफू आगो भएको र आगोसँग नखेल्न चेतावनी दिएका थिए । अलोकतान्त्रिक गठबन्धनको सरकार बनेपछि प्रतिपक्षीलाई म आगो मसँग नखेल भनेर धम्की दिन थालेको ओलीले बताए । पाँच दलीय गठबन्धनले ल्याएको न्यूनतम साझा कार्यक्रममा प्रतिपक्षीलाई गाली गरेर राष्ट्रिय सहमति जस्तो बनाएर सडकमा बाँडेको तर्क गरे ।