बुधवार, आश्विन १४ गते २०८३

चितवनकी पत्रकार संगीता बानियाँको निधन

बिहिवार , चैत्र ६, २०८१

काठमाडौं । चितवनकी पत्रकार संगीता बानियाँको निधन भएको छ । 

पारिवारिक स्रोतका अनुसार ब्रेन क्यान्सरको उपचारको क्रममा रहेकी बानियाँको आज बिहान चितवन मेडिकल कलेजमा निधन भएको हो । भरतपुर-१६ शिवनगर निवासी बानियाँलाई सुरुमा स्तन क्यान्सर देखिएको थियो । स्तन क्यान्सर पूर्णरुपमा निको भएपनि पुनः ब्रेनमा क्यान्सर देखिएको  चिकित्सकले बताएका छन् ।

पत्रकार महासंघ चितवनकी सदस्य बानियाँ चितवनको शिवशक्ति रेडियोमा कार्यरत थिइन् । उनको शव आफ्नै घरमा लगेर अन्तिम संस्कारको लागि देवघाट लगिने पारिवारिक स्रोतले जानकारी दिएका छन् ।

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार