काठमाडौँ । केही समय मौन बसेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले मुख खोलेका छन् । देशमा राजतन्त्र र गणतन्त्रको पक्ष विपक्षमा विभिन्न किसीका टिकाटिप्पणी भइरहँदा रवि किन बोलेनन् भन्ने आम चासो थियो ।
राजावादी सल्बलाएपछि नेपाली कांग्रेस, नेकपा एमाले, नेकपा माओवादी केन्द्र लगायतका दलहरुका शीर्ष नेताहरुले चर्का अभिव्यक्ति दिइरहेका छन् । तर, रवि लामिछाने नेतृत्वको रास्वपा भने मौन छ । यसैबीच आज रविले केही संकेत भने दिएका छन् ।
शुक्रवार उच्च अदालत पाटनमा काठमाडौँ जिल्ला अदालतको आदेशविरुद्ध पुनरावेदन दिएर फर्किएका रविलाई सञचारकर्मीले घेरे । सञ्चारकर्मीसहित केही सर्वसाधारण पनि थिए । त्यसपछि लामिछानेले सञ्चारकर्मीसँग संक्षिप्त कुराकानी गरेका थिए । रविले बोलने समय नजिक आउदैँ गरेको बताउदैँ ‘गेट रेडी फर द रिभोलुसन’ भन्दै चेतावनी दिएका हुन्।
आफूले बोलेको दिन धेरैको बोली बन्द हुने र सरकारलाई गारो पनि पर्ने रविको दाबी छ । उनले भने, ‘मैले बोल्ने समय नजिक आउँदैछ । अहिले नै म बोलेँ भने दुई तिहाइको सरकारलाई गाह्रो पर्ला, त्यसैले मलाई बोल्न नलगाउनुस । जब म बोल्ने समय आउँछ, त्यसपछि धेरैको बोली बन्द हुन्छ ।’
देशभर राजतन्त्रको माहोल बन्न थालेपछि राजनीतिक दलका नेताहरु त्रसित बनेका छन् । त्यसैमा झन रास्वपाका सभापति रविले क्रान्तिका लागि तयार रहन चेतावनी दिएपछि प्रमुख राजतीतिक दललाई फेरि धक्का लागेको छ । राजावादीहरुलाई भने थप उर्जा मिलेको छ । २०६२/६३ सालमा सडकमा चर्किएको नारा थियो, ‘ज्ञाने चोर देश छोड, पारसे गुण्डा रुखमा झुण्डा, लेले जनता खुकुरी ले ज्ञानेन्द्रलाई छप्काइदे’ । करिब १७ वर्षपछि नारा फेरिएको छ ।
‘राजा आउ देश बचाउ, हाम्रो राजा प्राण भन्दा प्यारो छ, केपी चोर देश छोड ।’ लगायतका नारा अहिले सडकमा लाग्ने गरेका छन् । दोस्रो जनआन्दोलनमा होमिएका जनता अहिले किन राजा खोज्दै हिडिरेका छन् ? अब पनि राजनीतिक दलका नेताहरुले यो प्रश्नलाई गम्भीरता पूर्वक लिएर नुसुर्धिने हो भने फेर देश आन्दोलनको भूमरिमा नपर्न सक्ला भन्न सकिँदैन ।