काठमाडौं । भक्तपुरमा एक व्यक्ति मृत अवस्थामा भेटिएका छन् । भक्तपुरको मध्यपुर थिमि नगरपालिका-९ बोडे निलबाराहीस्थित पिकनिक स्पोर्ट नजिक पार्किङ स्थलमा एक व्यक्ति मृत भेटिएका हुन् ।
बिहान ५ः५५ बजे मृत भेटिनेमा खोटाङको केपिलासगढी गाउँपालिका-२ घर भएका ६६ वर्षीय ओम प्रकाश राई रहेको जिल्ला प्रहरी परिसर भक्तपुरका डीएसपी तथा प्रवक्ता ढुण्डिराज न्यौपानेले बताएका छन् । प्रहरीका अनुसार उनी कबाडीको सामान संकलन गर्ने व्यक्ति रहेका छन् ।
उनको दाहिने कानको छेउ र टाउकामा समेत चोट लागेको पाइएको छ । शवको प्रकृति हेर्दा हत्या जस्तो देखिएको प्रवक्ता न्यौपानेले बताएका छन् ।