मंगलवार, आश्विन १३ गते २०८३

आइपीएल इतिहासमा दोस्रो ठूलो स्कोर, इसानको शतकमा सनराइजर्सले बनायो २८६ रन

आइतवार , चैत्र ९, २०८१

काठमाडौं । इन्डियन प्रिमियर लिग (आइपीएल) मा सनराइजर्स हैदराबादले २८६ रनको विशाल स्कोर खडा गरेको छ । आइपीएल इतिहासमै सबैभन्दा ठूलो स्कोर बनाउनबाट सनराइजर्स दुई रनले चुक्यो ।

तेस्रो नम्बरमा आएका इसान किशनले विष्फोटक सतक बनाएपछि सनराइजर्सलाई अहिलेसम्मको दोस्रो ठूलो स्कोरमा पुर्याएका हुन् । आइपीएलमा सर्वाधिक रनको रेकर्ड सनराइजर्सकै नाममा छ । अघिल्लो संस्करणमा सो टिमले २८७ रन जोडेको थियो ।

आज उक्त रेकर्ड ब्रेक गर्ने मौका सनराइजर्ससँग अन्तिम बलसम्म थियो । अन्तिम बलमा इसान किसानले छक्का हानेको भए नयाँ किर्तिमान बन्थ्यो । उनले चौका हान्दै दोस्रो ठूलो स्कोरमा पुर्याए । आइपीएलमा इसानको यो पहिलो सतक हो । इसानले ६ छक्का र ११ चौका प्रहार गरेका थिए ।

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार