काठमाडौैं । दुई वर्षअघि गोठाटारमा भएको लाल मोहम्मदको हत्यामा संलग्न रहेको आरोपमा पक्राउ परेका गुड्डु पटेललाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश भएको छ ।
जिल्ला अदालत, काठमाडौंका न्यायाधीश तीर्थराज केसीको इजलासले उनलाई आइतबार पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएको प्रहरीले जनाएको छ ।
उपत्यका अपराध अनुसन्धान कार्यालय, टेकुले मोहम्मद हत्याका एक सुटर पटेललाई १८ फागुनमा गोली हानी पक्राउ गरेको थियो । सर्लाहीको गोडैता नगरपालिका–१०, मनहर्वा स्थायी घर भएका मोहम्मद ३ असोज २०७९ मा अज्ञात व्यक्तिको गोली प्रहारबाट गोठाटारमा मारिएका थिए ।