मंगलवार, आश्विन १३ गते २०८३

हैदराबादको शानदार सुरुवात

आइतवार , चैत्र ९, २०८१

काठमाडौं । इशान किशनको शानदार शतकमा विशाल योगफल बनाएको सनराइजर्स हैदराबादले इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा शानदार सुरुवात गरेको छ ।

हैदराबादले राजस्थान रोयल्सलाई ४४ रनले हराएको हो । हैदराबादले दिएको २८७ रनको विशाल लक्ष्य पछ्याएको राजस्थानले २० ओभरमा ६ विकेट गुमाएर २४२ रन बनायो ।

ध्रुव जुरेलले सर्वाधिक ७० रन बनाए भने सन्जु सामसनले ६६ रन बनाए । शिम्रोन हेटमायरले ४२ रन बनाउँदा शुभम दुवे ३४ रनमा अविजित रहे ।हैदराबादका लागि सिमरजित सिंह र हर्षल पटेलले २-२ विकेट लिए भने मोहम्मद शामी र एडम जाम्पाले १-१ विकेट लिए ।

त्यसअघि टस हारेर ब्याटिङको निम्तो पाएको हैदराबादले २० ओभरमा ६ विकेट गुमाएर २८६ रन बनाएको थियो । इशान किशनले अविजित १०६ रनको पारी खेलेका थिए भने ट्राभिस हेडले ६७ र हेनरिच क्लासेनले ३४ रन बनाए ।

राजस्थानका तुषार देशपाण्डेले ३ तथा महीश थिक्सानाले २ विकेट लिए । सन्दीप शर्माले १ विकेट हात पारे ।

 

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार