मंगलवार, आश्विन १३ गते २०८३

नेसन्स लिग: यस्तो बन्यो सेमिफाइनल समीकरण

सोमवार , चैत्र १०, २०८१

काठमाडौँ । युइएफए नेसन्स लिग फुटबलको सेमिफाइनल समीकरण पूरा भएको छ।

आइतबार राति खेलमा स्पेनले नेदरल्यान्ड्स, पोर्चुगलले डेनमार्कलाई तथा जर्मनीले इटाली र फ्रान्सले क्रोएसियालाई हराउँदै अन्तिम चारमा स्थान बनाएसँगै सेमिफाइनल समीकरण पूरा भएको हो।

अब प्रतियोगिताको फाइनल प्रवेश भिडन्तमा जुनमा जर्मनी र पोर्चुगल तथा स्पेन र फ्रान्स भिड्ने छन्। आइतबार राति भएको खेलमा पहिलो लेगमा बनाएको २-० अग्रता जोगाउन नसक्दा क्रोएसिया फ्रान्ससँग २-२ गोलको बराबरीमा रोकियो। त्यसपछि खेलको निर्णय पेनाल्टी सुटआउटबाट लिएको थियो।

जहाँ फ्रान्सले ५-४ ले खेल आफ्नो पक्षमा पार्यो। त्यस्तै अर्को खेलमा जर्मनी र इटालीले ३-३ गोलको बराबरी खेलेपनि पहिलो लेगमा जर्मनीले निकालेको २-१ को जित निर्णायक बन्दा समग्रमा ५-४ ले विजयी भयो।

त्यस्तै, अर्को खेलमा स्पेन र नेदरल्यान्डले ३-३ गोलको बराबरी खेले। त्यसअघि पहिलो लेगमा पनि २-२ गोलको बराबरी खेलेका थिए।

समग्रमा ५-५ गोल भएपछि खेलको निर्णाय पेनाल्टी सुटआउटबाट लिएको थियो। जहाँ ५-४ को जित निकाल्दै स्पेनले सेमिफाइनलमा स्थान बनायो।

त्यस्तै पोर्चुगले पनि डेनमार्कबाट पहिलो लेगको अग्रता खोस्दै अतिरिक्त समयमा ५-२ को जित निकाल्दै समग्रमा ५-३ ले विजयी भयो।

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार