काठमाडौं । काठमाडौँको त्रिचन्द्र क्याम्पसमा चैत १३ गते स्ववियु निर्वाचन हुने भएको छ । यसअघि ५ चैतका लागि तोकिएको चुनाव अन्तिम समयमा आएर स्थगित भएको थियो ।
तालाबन्दीका कारण स्थगित भएको निर्वाचन चैत १३ गते हुने निर्वाचन अधिकृत अङ्गदमणि गौतमले जनाएका छन् । निर्वाचन अधिकृत गौतमले सोमबार निकालेको सूचनामा चैत १३ गते बुधबार बिहान ८ बजेदेखि मतदान सुरू हुनेछ ।