मंगलवार, आश्विन १३ गते २०८३

एएफसी एसियन छनोट: नेपाल आज मलेसियासँग भिड्दै

मंगलवार , चैत्र ११, २०८१

काठमाडौं । एएफसी एसियन कप छनोट अन्तर्गत नेपाली राष्ट्रिय फुटबल टोली आज (मंगलबार) मलेसियासँग भिड्दैछ। मलेसियाको घरेलु मैदान इब्राहिम सुल्तान स्टेडियममा हुने खेल साँझ पौने ८ बजे सुरु हुनेछ।

नेपालको घरेलु मैदानमा हुनुपर्ने खेल दशरथ रगंशालाको खराब अवस्थाका कारण नेपाली टोली मलेसिया गएको हो।  अघिल्लो साता सिंगापुरसँगको मैत्रीपूर्ण खेलमा १-० को ऐतिहासिक जित निकालेको नेपाली टोली उच्च मनोवलमा छ। 

खेलअघि नेपाली टोलीका मुख्य प्रशिक्षक म्याट रोसले मलेसिया बलियो प्रतिद्धन्दी भएपनि जितका लागि नै खेल्ने बताएका छन्।नेपाल र मलेसियाबीच अहिलेसम्म सात पटक भेट भएको छ। ती सातै भेटमा नेपाल मलेसियासँग पराजित भएको छ। नेपाली टोली आजको खेलमा मलेसियाविरुद्ध हारको शृङ्खलालाई तोड्दै नयाँ सुरुवात गर्न चाहन्छ। 

छनोटमा नेपाल, मलेसियासँगै भियतनाम र लाओस रहेको समूह एफ मा छ। 

 

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार