सोमवार, आश्विन १९ गते २०८३

नेपाली प्लाइउड निर्यातमा भारतको अवरोध, ३४ वटा ट्रक बाटोमा अलपत्र

बुधवार , चैत्र १२, २०८१

काठमाडौँ । नेपालबाट भारत निर्यात हुने प्रमुख वस्तुको रूपमा रहेको प्लाइउड निर्यातमा भारतले अवरोध गरेको छ ।

पूर्वी नाका काकाँडभिट्टाबाट भारत गएका ३४ वटा ट्रक अहिले बाटोमा अलपत्र परेका छन् । काँकडभिट्टा नाकाबाट मात्रै नभई अन्य नाकाबाट निर्यात हुने प्लाइउडमा निर्यातमा अवरोध गरेको हो ।

दुई साता देखि प्लाइउड बोकेका ३४ वटा ट्रक बाटोमा अलपत्र परेका छन् । ती ट्रकलाई भन्सार कार्यालय रानीगञ्जले रोकेको मेची उद्योग वाणिज्य सङ्घका अध्यक्ष खेम प्रसाईँले बताए ।

 

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार