मंगलवार, आश्विन १३ गते २०८३

अर्जेन्टिनाले ब्राजिललाई हान्यो ४ गोल, विश्वकपमा छनोट

बुधवार , चैत्र १२, २०८१

काठमाडौँ । अर्जेन्टिनाले ब्राजिलविरुद्ध सानदार जित निकालेको छ। विश्वकप-२०२६ को छनोट अन्तर्गत बुधबार बिहान सकिएको खेलमा अर्जेन्टिनाले ब्राजिललाई ४-१ गोलले पराजित गरेको हो।

ब्युनस आयर्समा भएको खेलको चौथो मिनेटमै जुलियन अल्भारेजले गोल गर्दै अर्जेन्टिनालाई सुरूवाती अग्रता दिलाए। त्यसपछि इन्जो फर्नान्डिजले १२ मिनेटमा अग्रता दोब्बर पारे।

२६ मिनेटमा ब्राजिलका म्याथ्युज कुन्हाले एक गोल फर्काए। ३७ मिनेटमा म्याक अलिस्टरले गोल गरेपछि पहिलो हाफमा अर्जेन्टिना ३-१ गोलले अघि रह्यो।

दोस्रो हाफको ७१ मिनेटमा गिउलियानो सिमोनले गरेको गोल निर्णायक बनेपछि अर्जेन्टिना ४-१ गोलले विजयी भएको हो।अर्जेन्टिना ब्राजिलसँगको खेलअघि नै विश्वकपमा छनोट भएको थियो। उरुग्वे र बोलिभियाबीचको खेल गोलरहित बराबरीमा सकिएपछि अर्जेन्टिनाको चार खेल अघि नै विश्वकपमा छनोट निश्चित भएको थियो।

१० टिम सहभागी दक्षिण अमेरिका छनोटमा ३१ अंकसहित अर्जेन्टिना शीर्ष स्थानमा छ। शीर्ष ६ मा रहने टोली विश्वकपमा छनोट हुन्छ। सातौं टोलीले प्लेअफ खेल्नेछ।

इक्वेडर २३ अंकसहित दोस्रो, २१ अंकसहित ऊरूग्वे तेस्रो, २१ अंकसहित ब्राजिल चौथो, २१ अंकसहित पारागुए पाँचौं र २० अंकसहित कोलम्बिया छैटौं स्थानमा छ। सातौं स्थानमा रहेको भेनेजुएलाको २० अंक छ।

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार