काठमाडौँ । नेपाल प्रहरी प्रधान कार्यालय नक्सालले शुक्रबार हुने राजावादी प्रदर्शनका लागि २ हजार ५०० सुरक्षाकर्मीलाई खटाउने तयारी गरेको छ ।प्रहरी प्रवक्ता दिनेश कुमार आचार्यले सुरक्षा व्यवस्थापनको तयारीमा विशेष ध्यान दिएको बताए ।
उनले भने, ‘२ वटा स्थलहरूमा प्रदर्शन हुँदैछ । जसमा तीनकुने र प्रदर्शनी मार्गमा ट्राफिक ड्राइभर्सन गर्ने व्यवस्था मिलाएका छौं । यसको लागि झण्डै २५ सय जति सुरक्षाकर्मीहरू नेपाल प्रहरीको तर्फबाट खटाइएको छौं । साधारणतया ट्राफिक प्रहरीको अलग्गै व्यवस्था छ ।’
प्रहरी प्रवक्ता आचार्यका अनुसार प्रदर्शनका कार्यक्रमहरू सडकमा हुने भएकाले त्यसका लागि विशेष सुरक्षा व्यवस्थापन समेत गरेको बताए ।