काठमाडौं । काठमाडौंको तीनकुनेमा प्रहरी र राजावादी समूहबिच झडप भएको छ । तीनकुनेमा प्रदर्शन गर्न पुगेका राजावादीले निषेधित क्षेत्र तोड्न खोजेपछि झडप भएको हो ।
राजावादी समूहले निषेध गरेको क्षेत्र तोडेर बानेश्वरतर्फ जान खोजेपछि प्रहरीले रोकेको हो । त्यसपछि राजावादी समूह र प्रहरीबिच झडप भएको थियो । प्रहरीले लगाएको सुरक्षा ब्यारियर प्रदर्शनकारीहरूले तोड्न खोजेका थिए ।
प्रहरीले शान्तिपूर्ण रुपमा प्रदर्शन गर्न माइकिङ गरिरहेको छ । राजावादी समूहको प्रदर्शनका लागि प्रहरीले तीनकुनेमा तोकेको छ ।