सोमवार, आश्विन १९ गते २०८३

तीनकुनेमा सरकारले दमन गरेको राप्रपाको ठहर, मृतकलाई सहिद घोषणा गर्न माग

शनिवार , चैत्र १५, २०८१

काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले शुक्रबार तीनकुनेमाभएको प्रदर्शनका क्रममा मृत्यु भएकालाई सहिद घोषणा गर्न माग गरेको छ।

शनिबार बसेको पार्टीको कार्यसम्पादन समिति बैठकपछि सञ्चारकर्मीसँग बोल्दै अध्यक्ष राजेन्द्र लिङ्देनले तीनकुनेमा प्रदर्शनका क्रममा मृत्यु भएका दुईजनालाई सहिद घोषणा गर्न माग गरे। 

शुक्रबारको घटनामा कीर्तिपुर निवासी २९ वर्षीय सविन महर्जन र एभिन्युज टेलिभिजनका क्यामेरापर्सन सुरेश रजकको मृत्यु भएको थियो।

राप्रपाले घटनाको पूर्ण जिम्मेवारी सरकारले नै लिनुपर्ने ठहर गरेको उनले बताए। आन्दोलनको कार्यक्रम भड्किनुमा सरकार नै दोषी रहेको अध्यक्ष लिङ्देनको जिकिर छ। 

 

 

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार