मंगलवार, आश्विन १३ गते २०८३

ला लिगाः केल्टा भिगो र लास पाल्मस बराबरीमा रोकिए

मंगलवार , चैत्र १८, २०८१

काठमाडौँ । स्पेनिस ला लिगामा केल्टा भिगो र लास पाल्मस बराबरीमा रोकिएका छन् । गए राति भएको खेल १-१ गोलको बराबरीमा सकिएको हो ।

पहिलो हाफमा केल्टा भोगोका अल्फान्सो गोन्जालेजले गोल गर्दै टिमलाई अग्रता दिलाएका थिए । तर, ४८औँ मिनेटमा लास पाल्मसका लागि अल्बर्टो मोलेरियोले बराबरी गोल फर्काएपछि दुवै टिमले अंक बाँडेका हुन् ।

त्यस्तै अर्को खेलमा रियल बेटिसले सेभिल्लालाई २-१ गोलअन्तरले पराजित गरेको छ । अंकतालिकामा भने ६६ अंकका साथ बार्सिलोना शीर्ष स्थानमा छ । दोस्रो स्थानको रियल मड्रिडको ६३ अंक छ भने एट्लेटिको क्लब ५७ अंकका साथ तेस्रो स्थानमा छ ।

५३ अंक बटुलेको एथ्लेटिक क्लब चौथो स्थानमा रहँदा ४७ अंकका साथ भिल्लारियल पाँचौँ स्थानमा छ ।

 

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार