मंगलवार, आश्विन १३ गते २०८३

आइपिएल: पञ्जाबको लगातार दोस्रो जित, आज बैंगलोर र गुजरात भिड्दै

बुधवार , चैत्र १९, २०८१

काठमाडौँ । इन्डियन प्रिमियर लिग (आइपिएल) क्रिकेटमा पञ्जाब किंग्सले लगातार दोस्रो खेलमा जित निकालेको छ। मंगलबार राति भएको खेलमा पञजाबले लखनउ सुपर जायन्ट्सलाई २२ बल बाँकी हुँदै ८ विकेटले पराजित गर्यो।

टस हारेर पहिले ब्याटिङ गरेको लखनउले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर १सय ७१ रन बनाएकोथियो। उसका लागि एइडन मार्क्रमले २८ रन बनाउँदा निकोलस पुरनले ४४ रन बनाएका थिए। त्यस्तै आयुस बाडोनीले ४१ रन बनाउँदा अब्दुल समादले २७ तथा डेभिड मिलरले १९ रन बनाएका थिए। पञ्जाबका लागि अर्सदीप सिंहले ३ विकेट लिए।

१ सय ७२ रनको लक्ष्य पछ्याएको पञ्जाबले उक्त लक्ष्य १६.२ ओभरमै २ विकेट गुमाएर पूरा गर्यो। उसका लागि प्रभसिम्रन सिंहले ६९ रन बनाउँदा कप्तान श्रेयस अय्यरले ५२ रनको अविजित इनिङ खेले। त्यस्तै नेहल वाधेराले ४३ रनको अविजित इनिङ खेल्दै टिमको जित निश्चित गरेका थिए।

प्रतियोगितामा आज रोयल च्यालेन्जर्स बैंगलोरले गुजरात टाइटन्ससँग भिड्ने बैंगलोरले अघिल्ला दुवै खेलमा जित निकाल्दा गुजरातले एक खेलमा जित र अर्को एक खेलमा हार भोगेको छ।

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार