बुधवार, आश्विन १४ गते २०८३

बहादुरी देखाउने सुरक्षा गार्डलाई ५ लाख पुरस्कार र ५ ग्रेड वृद्धि

बुधवार , चैत्र १९, २०८१

काठमाडौँ । चैत १५ गते राजावादीको हिँसात्मक आन्दोलनको क्रममा कोटेश्वरको भाटभटेनी सुपरमार्केट लुटपाटको घटना नियन्त्रणमा बहादुरी देखाउने सुरक्षा गार्ड दुरप्रसाद पराजुली पुरस्कृत भएका छन्। 

उनलाई आज एक कार्यक्रमबीच भाटभटेनी सुपरमार्केटले ५ लाख नगद रुपैयाँ र पाँच ग्रेड बढुवासहित सम्मान प्रदान गरेको हो।भाटभटेनी सुपरमार्केटका सञ्चालक मीनबहादुर गुरुङले गत चैत १५ गतेको घटनामा बहादुरी देखाउने सुरक्षा गार्ड पराजुलीलाई ५ लाख एक हजार एक सय ११ नगद रुपैयाँ पुरस्कार प्रदान गरेका छन्।

उनले पराजुलीलाई पाँच ग्रेड बढुवा गरिएको घोषणासमेत गरेका छन्। 

 

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार