मंगलवार, आश्विन १३ गते २०८३

१९ वर्षमुनिको नेपाल र अफगानिस्तान शृङ्खला आजदेखि

बिहिवार , चैत्र २०, २०८१

काठमाडौं । नेपाल र अफगानिस्तानको १९ वर्षमुनिको क्रिकेट टोलीबीच तीन खेलको शृङ्खला बिहीबारदेखि शुरू हुँदै छ । शृङ्खलाअन्तर्गत पहिलो खेल मुलपानी क्रिकेट मैदानमा हुँदैछ ।

यही महिना नेपालमै हुने आईसीसी १९ वर्षमुनिको विश्वकप छनोटको तयारीस्वरूप यस शृङ्खला हुन लागेको हो । विश्वकप छनोट मुलपानीमै खेलाइने छ ।

यो खेलहरू उमेर समूहको एकदिवसीय अन्तर्राष्ट्रिय मान्यताको हुनेछ । दोस्रो खेल ६ अप्रिल र तेस्रो खेल ९ अप्रिलमा हुनेछ । नेपाली १९ वर्षमुनिको टोलीले यसअघि दिल्लीसँगको अभ्यास शृङ्खला खेलेको थियो ।

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार