आइतवार, श्रावण २४ गते २०८३

दुर्गा प्रसाईं काकडभिट्टा नाका हुँदै भारत भागेको पुष्टि

शुक्रवार , चैत्र २१, २०८१

काठमाडौँ । तीनकुने घटनाका नाइके दुर्गा प्रसाईं झापाको काकडभिट्टा नाका हुँदै भारत छिरेको पुष्टि भएको छ। प्रहरीले तीनकुनेबाट उनलाई लिएर गएको गाडी प्रसाईंले सञ्चालन गरेको झापाको बीएन्डसी कलेजमा फेला पारेको हो। 

बागमती प्रदेशको बीएबी ४२०८ नम्बरको स्कोर्पियो अहिले अपराध अनुसन्धान कार्यालयको नियन्त्रणमा टेकुमा राखिएको छ।काठमाडौँको तीनकुनेस्थित सभास्थलबाट समर्थकलाई उग्र बन्न उक्साएर प्रसाईं एउटा घरको सटरभित्र लुकेका थिए। त्यतिबेला तीनकुने क्षेत्र तनावग्रस्त बनेको थियो। प्रहरीले अश्रुग्याँस र हवाइ फायर गरिरहेको थियो। 

उनको कमान्डमा उत्रिएका राजावादी समर्थकले तीनकुनेका निजी घरमा ढुंगामुढा गरिरहेका थिए। स्थिति तनावग्रस्त बन्दै गएपछि प्रसाईं भने निजी सुरक्षाकर्मी र समर्थकको आडमा लुकेर धर्मगुरु पुष्कर खतिवडासँगै गाडीमा चढेर भागेका थिए। 

सोही गाडीमा उनीसहित ६ जना काठमाडौँबाट बीपी राजमार्ग हुँदै काकडभिट्टा नाकासम्म पुगेको प्रहरी उच्च स्रोतले पुष्टि गरेको छ। बीएन्डसीमा फेला परेको गाडी र त्यसका चालकलाई प्रहरीले नियन्त्रणमा लिएर काठमाडौँ ल्याइसकेको छ।

 

 

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार