काठमाडौँ । सरकारले तीनकुने घटनाको विषयमा न्यायिक छानबिन आयोग गठनको प्रस्ताव अस्वीकार गरेको छ।
शुक्रबार प्रतिनिधि सभाको राज्य व्यवस्था एवं सुशासन समितिको बैठकमा गृहमन्त्री रमेश लेखकले तीनकुने घटना आपराधिक भएको दाबी गर्दै राजनीतिक ढंगले सोचेर न्यायिक आयोग गठनको बाटोमा गए गलत ठाउँमा पुग्ने बताए।
‘विषय निष्पक्ष अनुसन्धान र छानबिनको हो। आयोजक थाहा नभएको भए। घटना कसरी भयो थाहा नभएको भए। यो गर्नुको उद्देश्य, दुरासय र दुरूत्साहन कसरी भयो थाहा नभएको भए। प्रारम्भदेखि नै भएको के हो बुझौं न त भनेर आयोग गठन गर्न हुन्थ्यो,’ मन्त्री लेखकले भने ।
सांसदहरूले बैठकमा तीनकुने घटनाको विषयमा छानबिनका लागि न्यायिक छानबिन आयोग गठनको माग गरेका थिए। तर, गृहमन्त्री लेखकले अस्वीकार गरेका हुन् ।