सोमवार, आश्विन १९ गते २०८३

रुपन्देही प्रहरीको हिरासतमा रवि, सोमवार अदालत उपस्थित गराइने

शनिवार , चैत्र २२, २०८१

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेलाई रुपन्देही जिल्ला प्रहरी कार्यालयको हिरासतमा राखिएको छ। 

बुटवलको सुप्रिम सहकारी ठगी मुद्दामा उच्च अदालत तुलसीपुरको बुटवल इजलासले थुनामै राख्न शुक्रबार् दिएको आदेश कार्यान्वयनका लागि उनलाई आजै बिहान रुपन्देही पुर्याइएको हो । 

आज शनिबार र भोलि आइतबार पनि सार्वजनिक बिदा परेकाले अब रविलाई सोमबार मात्र अदालत उपस्थित गराइनेछ। सोमबार अदालतले थुनामा पठाउने अनुमति दिएपछि लामिछानेलाई कारागार चलान गरिने तयारी छ । 

सुप्रिम सहकारी ठगी मुद्दामा यसअघि रुपन्देही जिल्ला अ  दालतले गत माघ १३ गते १ करोड धरौटीमा रिहा गर्न आदेश दिएपछि रवि रिहा भएका थिए। 

तर त्यही मुद्दामा छविलाल जोशीलाई पुर्पक्षका लागि कारागार चलान गर्न आदेश हुँदा रविलाई पनि थुनामै राख्नुपर्ने माग गर्दै सरकारी वकिलको कार्यालयले उच्च अदालतमा निवेदन दिएको थियो। 

सो मागबमोजिम उच्च अदालत तुलसीपुरको बुटवल इजलासले शुक्रबार आदेश दिएपछि रवि त्यही राति काठमाडौँस्थित घरबाटै पक्राउ परेका हुन्।  
 
रातभर काठमाडौँ  जिल्ला प्रहरी परिसरको हिरासतमा राखेर रविलाई आज बिहानै यती एअरलाइन्सको जहाजबाट रुपन्देही पुर्याइएको हो।

 

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार