सोमवार, आश्विन १९ गते २०८३

सडकमा सुतेर शिक्षकहरूको प्रदर्शन

शनिवार , चैत्र २२, २०८१

काठमाडौ । काठमाडौं केन्द्रित आन्दोलन सुरु गरेका शिक्षकहरुले आज नयाँ बबरमहल-बानेश्वरको सडकमा सुतेर प्रदर्शन गरेका छन् ।

केही दिनदेखि बबरमहल-नयाँ बानेश्वर सडकमा नारा-जुलुससहित प्रदर्शन गरिएका शिक्षकहरूले आज आधा घण्टा सुतेर प्रदर्शन गरेका हुन् ।

नेपाल शिक्षक महासंघको नेतृत्वको आन्दोलनका लागि देशभरका शिक्षकहरू काठमाडौं केन्द्रित भएका छन् । शिक्षकहरू शिक्षा ऐनको माग गर्दै आन्दोलनमा उत्रिएका हुन् । यसबेला संसदको अधिवेशन पनि अन्त्य भएकोले शिक्षकहरूले अध्यादेशबाट भए पनि ऐन बनाउन माग गरेका छन् ।

 

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार