सोमवार, आश्विन १९ गते २०८३

बार निर्वाचन : मतपेटिका काठमाडौं ल्याइँदै

आइतवार , चैत्र २३, २०८१

काठमाडौं । नेपाल बार एसोसिएसनको नयाँ नेतृत्व चयनका लागि शनिबार (चैत २३ गते) भएको चुनावको मतगणना भोलि चैत २५ गते हुने भएको छ । 

प्रमुख निर्वाचन अधिकृत वरिष्ठ अधिवक्ता रामकृष्ण निरालाका अनुसार सबै मतदान केन्द्रका मतपेटिका आज बेलुकासम्म काठमाडौं ल्याइपुर्‍याइने भएकाले सोमबार मतगणना थालिने भएको हो । उनले भने, ‘देशभरका ३६ मतदान केन्द्रबाट मतपेटिका आउने क्रम जारी रहेको छ, । आज रातिसम्ममा सबै मतपेटिका काठमाडौं ल्याइपुर्‍याइएला भोलि बाट मतगणना सुरु होला ।’ बार चुनावमा ९ हजार ९५७ मतदाता रहेकामा ८० प्रतिशत मत खसेको छ ।

जसमध्ये काठमाडौं उपत्यकामा ४ हजार ६४३ र उपत्यका बाहिर ३ हजार ३५२ गरी देशभर कूल ७ हजार ९९५ मत खसेको हो । २५ सदस्यीय बार कार्यसमितिका लागि ५७ जना उम्मेदवार रहेका छन् । बारको नयाँ नेतृत्वका लागि अध्यक्षमा बृहत लोकतान्त्रिक, प्रगतिशील, पेसागत, राष्ट्रवादी एवं समावेशी कानुन व्यवसायी समूहबाट वरिष्ठ अधिवक्ता प्रा.डा. विजयप्रसाद मिश्र र व्यावसायिक कानुन व्यवसायी समूहबाट वरिष्ठ अधिवक्ता रमनकुमार श्रेष्ठ प्रतिस्पर्धाका रहेका छन् ।

वरिष्ठ अधिवक्ता प्रा.डा. मिश्रको समूहमा महासचिवमा वरिष्ठ अधिवक्ता केदारप्रसाद कोइराला रहेका छन् भने वरिष्ठ अविधक्ता श्रेष्ठको समूहमा अधिवक्ता यज्ञमणि न्यौपानेको उम्मेदवारी परेको छ । 

 

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार