सोमवार, आश्विन १९ गते २०८३

कुलमान घिसिङलाई पुनर्बहालीको माग गर्दै माइतीघरमा प्रदर्शन

आइतवार , चैत्र २३, २०८१

काठमाडौं । नेपाल विद्युत् प्राधिकरणमा  कुलमान घिसिङको पुनर्बहालीको माग गर्दै आज राजधानीमा प्रदर्शन गरिएको छ ।

ryali (5).jpg

आफूहरूलाई स्वतन्त्र नागरिक समूह भएको बताउने कुलमानका समर्थकहरूले विभिन्न ब्यानर ,झाँकी र प्लेकार्डसहित प्रदर्शन गरिरहेका थिए । बानेश्वरबाट सुरु भएको र्याली माइतीघर पुगेर कोण सभामा परिणत भएको थियो । उज्यालो नेपालका नायक कुलमान घिसिङ‌लाई अपमानजनक बर्खास्ती गरेको भन्दै उनीहरुले विरोध गरेका हुन् ।

ryali (6).jpg

र्‍यालीमा विभिन्न सांस्कृतिक झाँकी समेत प्रदर्शन गरिएको थियो । प्रदर्शनमा सहभागीहरूले प्राधिकरणमाथिको राजनीति बन्द गर लगायतका प्लेकार्ड बोकेका थिए । ११ चैतमा बसेको मन्त्रिपरिषद् बैठकले घिसिङलाई प्राधिकरणको कार्यकारी निर्देशक पदबाट बर्खास्त गरी हितेन्द्रदेव शाक्यलाई नियुक्त गरेको थियो ।

ryali (3).jpg

 

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार