मंगलवार, आश्विन १३ गते २०८३

नेपाल अफगानिस्तानसँग १ रनले पराजित

आइतवार , चैत्र २३, २०८१

काठमाडौं। घरेलु टोली नेपालमाथि रोमाञ्चक जित निकाल्दै अफगानिस्तान यु-१९ टोलीले एक खेलअगाबै एकदिवसीय शृंखला जितेको छ। 

आइतबार सम्पन्न खेलमा नेपाल एक रनले पराजित भएको हो। योसँगै नेपालले शृंखला २-० ले गुमाएको छ। अब नेपालले पाहुना टोलीसँग बुधबार अन्तिम खेल खेल्नेछ।

पहिलो खेलमा नेपालले १३० रनको फराकिलो हार बेहोरेको थियो। आइतबार अफगानिस्तानले नेपालसामु १७९ रनको लक्ष्य प्रस्तुत गरेको थियो। तर, नेपालले ४९.९ ओभरमा सबै विकेट गुमाउँदै १६७ रन मात्रै बनाउन सकेको हो।

नेपाललाई अन्तिम तीन बलमा दुई रन चाहिएको थियो। मोहबुब खानले आफ्नो ओभरको तेस्रो बल नो फ्याँकेका थिए। तर, दर्श सुनार रन आउट हुन पुग्दा नेपालले फ्रि हिटसहित शृंखला नै गुमाउन पुग्यो।

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार