सोमवार, आश्विन १९ गते २०८३

रवि लामिछानेलाई अदालतमा उपस्थित गराइँदै

सोमवार , चैत्र २४, २०८१

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेलाई आज (सोमबार) रूपन्देही प्रहरीले जिल्ला अदालतमा उपस्थित गराउँदैछ । रूपन्देहीको बुटवलस्थित सुप्रिम सहकारी ठगी तथा संगठित अपराध मुद्दामा उनी शुक्रबार पक्राउ परेका थिए ।

उच्च अदालत तुलसीपुरको थुनामा पठाउने आदेशसँगै पूर्व गृहमन्त्री समेत रहेका लामिछानेलाई काठमाडौंबाट पक्राउ गरिएको हो । त्यसपछि लामिछानेलाई शनिबार बिहान रूपन्देही लगिएको थियो । शनिबार र आइतबार दुई दिन सार्वजनिक बिदा परेकाले उनलाई जिल्ला प्रहरी कार्यालय रूपन्देहीको हिरासतमा राखेर आज अदालतमा उपस्थित गराउन लागिएको हो ।

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार