सोमवार, आश्विन १९ गते २०८३

भैरहवा कारागार चलान भए रवि लामिछाने

सोमवार , चैत्र २४, २०८१

काठमाडौं । बुटवलको सुप्रिम सहकारी प्रकरणमाको मुद्दामा पक्राउ परेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई भैरहवा कारागार चलान गरिएको छ ।

जिल्ला प्रहरी कार्यलय रुपन्देहीले अदालती प्रकिृया पुर्याएर लामिछानेलाई आज भैरहवा कारागार पठाएको छ । जिल्ला प्रहरी कार्यलय रुपन्देहीका डीएसपी सुरज कार्कीले सबै अदालती प्रक्रिया पुर्याएर कारागार पठाइएको बताएका छन् । उनले अर्को आदेश नआउँदासम्म लामिछाने भैरहवा कारागारमै रहने जानकारी दिएका छन् ।

उच्च अदालत तुलसीपुरको बुटवल इजलासले थुनामा राख्ने आदेश दिएपछि लामिछानेलाई शुक्रबार काठमाडौंबाट पक्राउ गरी शनिबार विमानमार्फत भैरहवा पुर्याइएको थियो । भैरहवा कारागारमा सोही सहकारी प्रकरणमा मुछिएका पूर्व डीआईजी छविलाल जोशी पनि रहेका छन् ।

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार