काठमाडौं । नेपाल बार एशोसिएशनको २७औँ केन्द्रीय कार्यसमितिका लागि भएको निर्वाचनको मतगणना सुरु भएको छ । बारको नयाँ कार्यसमितिका लागि गत शनिबार मतदान भएको थियो ।
बारको नयाँ कार्यसमिति चयन गर्न नौ हजार ९ सय ५७ मतदाता रहेकामा ८० प्रतिशत मत खसेको थियो । कुल २५ जना रहने कार्यसमितिका लागि ५७ जनाको उम्मेदवारी परेको थियो । काठमाडौं र बाहिर गरी जम्मा ३६ वटा मतदान केन्द्रमा मतदान भएको थियो । बारको नयाँ नेतृत्वका लागि अध्यक्षमा व्यावसायिक कानुन व्यवसायी समूहबाट वरिष्ठ अधिवक्ता रमनकुमार श्रेष्ठ र बृहत् लोकतान्त्रिक, प्रगतिशिल, पेसागत, राष्ट्रवादी एवं समावेशी कानुन व्यवसायी समूहबाट वरिष्ठ अधिवक्ता प्रा.डा.विजयप्रसाद मिश्र प्रतिस्पर्धामा रहेका छन् ।
बारको केन्द्रीय कार्यालयमा मत गन्न सुरु गरिएको हो । तीन ठाउँमा राखेर मत गन्न थालिएको छ । अहिले इलाम बार केन्द्र, झापा बार केन्द र विराटनगर उच्च बार केन्द्रको मतगणना जारी रहेको छ ।