सोमवार, आश्विन १९ गते २०८३

एक्लै भैरहवा कारागारको चार नम्बर ब्लकमा रवि लामिछाने

सोमवार , चैत्र २४, २०८१

काठमाडौं । पूर्वगृहमन्त्री एवं राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेलाई सोमबार जिल्ला कारागार भैरहवा, रुपन्देहीमा राखिएको छ ।

उच्च अदालतको आदेशपछि काठमाडौंबाट पक्राउ गरिएका लामिछानेलाई आज जिल्ला अदालतमा उपस्थित गराएर पुर्पक्षका लागि जिल्ला कारागार भैरहवामा चलान गरिएको थियो । सबै आवश्यक प्रक्रिया पश्चात् कारागारको थुनुवा कक्षतर्फ लैजाँदै गर्दा अदालतको आदेश प्रति के छ प्रतिक्रिया भन्ने सञ्चारकमीहरुको प्रश्नमा उनले भने, ‘केही छैन, केही छैन, अदालतप्रति सम्मान छ ।’

लामिछानेलाई  कारागार प्रशासनले ४ नम्बर ब्लक राखेको छ । भैरहवा कारागारमा ४ वटा ब्लक छन् । १ र २ नम्बर ब्लकमा अरु कैदी तथा थुनुवाहरू छन् । ३ नम्बर ब्लक भने महिला कैदी तथा थुनुवाका लागि हो । अहिले रविलाई राखिएको ब्लक भने ४ नम्बर हो । यो ब्लकमा १० जना कैदी बस्ने क्षमता छ ।

उक्त कारागारमा यसअघि सोही सहकारी प्रकरणमा मुछिएका पूर्व डीआईजी छविलाल जोशी पनि रहेका छन् । लामिछाने शुक्रबार उच्च अदालत तुलसीपुर बुटवल इजलासको आदेशपछि पक्राउ परेका थिए ।

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार