काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले नेपालमा राजसंस्था नफर्किने बताएका छन् ।
आज काठमाडौंमा आयोजित ‘नेपाल भारत सम्बन्ध सुदृढ गर्न भारतका पूर्वप्रधानमन्त्री चन्द्रशेखरजीले पुर्याउनुभएको योगदान’ विषयक अन्तरक्रियात्मक कार्यक्रममा बोल्दै देउवाले यस्तो बताएका हुन् । उनले राजावादीहरूलाई भारतले उचाल्यो भन्ने टिप्पणी पनि हुने गरेको उल्लेख गर्दै त्यसमा आफूले विश्वास नगरेको बताएका छन् ।
उनले भने, ‘भारतले उचाल्यो कि के हो भन्ने पनि छ । यहाँ योगी आदित्यनाथको फोटो पनि छापियो । तर, मलाई विश्वास लाग्दैन, । मलाई विश्वास छ- भारत नेपालसित छ, गणतन्त्रसित छ र नेपालीसित छ ।’