काठमाडौं । राजसंस्था पुनस्र्थापना राष्ट्रिय जनआन्दोलनका जनकमाण्डर दुर्गा प्रसाईका दाजु राकेश पक्राउ परेका छन् ।पेरिसडाडास्थित राकेशको घरमा दुर्गा प्रसाई बसेर भागेको तथ्य भेटिएकाले सोधपुछका लागि पक्राउ गरेको प्रहरीले जनाएको छ ।
आइतवार राति पक्राउ परेका राकेशको तीनकुने घटनामा प्रत्यक्ष संलग्नता पुष्टि भइनसकेकाले उनीमाथि मुद्दा चल्ने सम्भावना छैन । सम्भवतः उनी खोजेको बेला उपस्थित हुने शर्तमा छुटने एक प्रहरी अधिकारीले बताए । राकेश पनि दुर्गा प्रसाईकै अभियानका अभियन्ता हुन् ।