उक्त प्रदर्शनलाई मध्यनजर गर्दै ट्राफिक प्रहरीले सवारी साधनलाई डाइभर्सनको व्यवस्था मिलाइएको छ । जस अनुसार खसिबजार–मकालु–कलंकी चोक–बाफलमा डाइभर्सको एउटा रुट तय गरिएको छ । त्यस्तै, बल्खु चोक-कुलेश्वर-कालिमाटी चोक हुँदै टेकुमा पनि डाइभर्सन गरिने बताइएको छ । कीर्तिपुर-सुन्दरीघाट-सानेपा हुँदै एकान्तकुनामा पनि सवारी डाइभर्सन गरिएको छ ।
आवश्यक परेको खण्डमा त्रिपुरेश्वर-बालाजु-हलचोक-नैकाप हुँदै सितापाईला र चोभार-फर्पिङ-नख्खु दोबाटो हुँदै कोटेश्वरतर्फ सवारी डाइभर्सन गरिने ट्राफिक प्रहरीले बताएको छ ।
कार्यक्रममा सहभागी हुन आउनेहरूका लागि टीयू गेटदेखि चोभार सडक, सानेपा करिडोर सडक दुवैतर्फ र चोभार सुख्खा बन्दरगाहमा पार्किङको व्यवस्था मिलाइएको छ ।
नयाँबसपार्क र सितापाईला–बाफल सडकखण्डमा एक लाइन पार्किङको व्यवस्था मिलाइएको छ । नेपाल शिक्षक महासंघले माइतीघरदेखि बानेश्वर-माइतीघर सडक खण्डको बीचमा र सहकारी तथा लघुवित्त पीडितले शान्तिवाटिकामा कार्यक्रम गर्ने भएकाले उक्त स्थानमा समेत आवश्यकता अनुसार डाइभर्सन मिलाएको छ। आन्दोलन स्थलको सडक प्रयोग गर्दा वैकल्पिक मार्ग प्रयोग गर्नसमेत ट्राफिक प्रहरीले आग्रह गरेको छ।