मंगलवार, आश्विन १३ गते २०८३

आईपीएलमा मुम्बईको चौथो हार

मंगलवार , चैत्र २५, २०८१

काठमाडौं । इन्डियन प्रिमियर लिग (आईपीएल)  क्रिकेटमा रोयल च्यालेन्जर्स बैङ्गलुरुले मुम्बई इन्डियन्सलाई १२ रनले हराएको छ।

मुम्बईको घरेलु मैदानमा गएराति भएको खेलमा सम्पन्न खेलमा मुम्बईले चौथो हार बेहोरेको हो। बेङ्गलुरुले दिएको २२२ रनको लक्ष्य पछ्याएको मुम्बईले नौ विकेट गुमाउँदै २०९ रन मात्रै बनाउन सक्यो।

मुम्बईका तिलक बर्माले ५६ रन बनाए। कप्तान हार्दिक पाण्ड्याले ४२ रन जोडे। बेङ्गलुरुका क्रुनाल पाण्ड्याले चार विकेट लिए।त्यसअघि टस हारेर पहिला ब्याटिङ गरेको बेङ्गलुरुले पाँच विकेट गुमाउँदै २२१ रन बनाएको थियो।​ बेङ्गलुरुका ओपनर विराट कोहलीले सर्वाधिक ६७ रन बनाए । कप्तान रजत पाटिदारले ६४ रन जोडे। मुम्बईका ट्रेन्ट बोल्ड र हार्दिक पाण्ड्याले समान दुई विकेट लिए।

जीतसँगै बेङ्गलुरुले चार खेलबाट ६ अङ्कका साथ तेस्रो स्थानमा  यथावत् छ। समान खेलबाट २ अङ्क जोडेको मुम्बई आठौं स्थानमा छ।​ 

आईपीएलमा आज कोलकाता नाइट राइडर्स र लखनउ सुपर जायन्ट्स तथा पञ्जाब किङ्ग्स र चेन्नई सुपर किङ्ग्सबीच  खेल हुँदैछ।

 

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार