काठमाडौं । काठमाडौंको तीनकुने क्षेत्रमा चैत्र १५ गतेको आगजनी, तोडफोडमा संलग्न रहेको आरोपमा थप ६ जना पक्राउ परेका छन् ।
पक्राउ पर्नेमा सर्लाहीका हाल ललितपुरको टिकाथली बस्ने अमित शाह, सुनसरीको धरानका १९ बर्षिय सुमन कार्की, बर्दियाका ३५ बर्षिय हेमराज थारु, धादिङका २७ बर्षिय दिवस बोगटी क्षेत्री, काभ्रेकी ३० बर्षिय अनिता कुँवर (ऐनी) र सिन्धुपाल्चोकका ३० बर्षिय कुमार तामाङ रहेका छन् ।
प्रहरीले उनीहरु चैत्र १५ गते तीनकुने क्षेत्रमा तोडफोड, आगजनी गरी गराई अपराधिक प्रवेश गरी घरमा रहेका नगद, जिन्सी सरसामानहरुमा क्षति पुर्याई, लुटपाट तथा अपराधिक उपद्रव गरी सडकमा गुडिरहेका निजी र सरकारी सवारी साधनहरुमा समेत आगजनी गरेको आरोपमा पक्राउ गरेको जनाएको छ । प्रहरीले उनीहरुलाई काठमाडौं जिल्ला अदालतबाट दिन तीन दिनको मिलान म्याद थप अनुमति प्राप्त गरि अनुसन्धान गरिरहेको जनाएको छ ।